दफा ३५६
फलोपभोगीले प्रयोग गर्न नसक्ने सम्पत्ति
दफा ३५५ मा जुनसुकै कुरा लेखिएको भए तापनि फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्तिसँग सम्बन्धित देहायका सम्पत्ति फलोपभोगीले प्रयोग गर्न सक्ने छैन :–
(क) सम्पत्तिसँग सम्बन्धित खानी तथा खनिज पदार्थ, तर खानी नै फलोपभोग अन्तर्गत प्रयोग गर्न दिएकोमा त्यस्तो खानी प्रयोग गर्न सकिनेछ ।
(ख) हुर्किसकेका रुख, तर रुखबाट प्राप्त हुने फल, फूल वा अन्य पैदावार प्रयोग गर्न सकिनेछ ।